महोत्तरीमा पानी जमेकाे खाल्टाेमा डुबेर दुई बालकको मृत्यु

महोत्तरी । महोत्तरीमा इँटा उद्याेगमा रहेकाे पानी जमेकाे खाल्टाेमा डुबेर दुई जना बालककाे मृत्यु भएको छ ।

औरही नगरपालिका ९ इनर्वामा सञ्चालित डीएमडी इँटा उद्योगमा रहेको पानी जमेको खाल्डोमा डुबेर दुई जना बालककाे मृत्यु भएको हो ।

मृत्यु हुनेमा रौतहट चन्द्रपुर नगरपालिका २ मा रहेकाे जुडिबेलाकाे माझीटोलका विक्रम कुशवार माझीको तीन वर्षीय छोरा तितश कुशवर माझी र त्यही ठाउँका अर्जुन कुशवरका दुई वर्षीय छोरा अनिष कुशवर रहेका छन् ।

साँझको समयमा खेल्ने क्रममा पानीमा डुबेका ती बालककाे स्थानीय स्वास्थ्य संस्थामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

विक्रम र अर्जुन सपरिवार केही महिनादेखि त्यही इँटा उद्योगमा मजदुरको रुपमा कार्यरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?