किन यो शहरका मानिस सधैँ डराउँछन् ?

एजेन्सी । विश्वमा केहि यस्ता शहरहरु छन् जुन् शहरमा बस्न मानिसहरु मरिहत्ते गर्छन् । सुरक्षाको दृष्टिकोणमा पनि केहि शहर अत्यधिक चर्चामा आइरहन्छन् ।

एउटा यस्तो शहर पनि छ, जहाँका मानिसहरु हरपल मृत्युको डरमा बाँच्ने गरेका छन् । मेटसमोर शहरलाई कुनै बेला विश्वकै सबैभन्दा खतरनाक न्युक्लियर पावर प्लान्ट भन्ने गरिन्थ्यो ।

यो अर्मेनियाको राजधानी येरेवन भन्दा ३५ किलोमिटर टाढा पर्छ ।

यहाँबाट हिमाल अरारतलाई सहजै नियाल्न सकिन्छ । तर सन् १९९८ मा मा ६दशमलव ८ रेक्टर स्केलको भूकम्प गयो । भूकम्पमा परि २५ हजार भन्दा धेरैले ज्यान गुमाएका थिए । त्यसैले सुरक्षाको कारण देखाउँदै बिजुली बत्ती बन्द गर्नु परेको थियो ।

बत्ती बन्द भए लगत्तै अर्मेनीया सरकारलाई धेरै नोक्सान भयो । मानिसहरुलाई अत्यावश्यक काम गर्न मात्रै दिनमा एक घण्टा बत्ती दिने गरिन्थ्यो । अहिले मेटसमोरमा १० हजार मानिसहरु बसोबास गर्ने गर्छन् ।

त्यहि पनि धेरै जसो बच्चाहरु नै छन् । रिएक्टरमा रहेको कुलिङ्ग टावर भन्दा लगभग ५ किलोमिटर टाढा बनाइएको अपार्टमेन्टमा बस्ने यी मानिसहरु बत्तीको कमी र प्लान्टको सम्भावित खतराका कारण जहिल्यै डराएर बस्ने गर्छन् ।

यस ठाउँका हरेका संरचना मर्मत गर्नुपर्ने भएको छ । तर मर्मत नहुँदा यहाँका मानिसहरु जतिबेलै त्रासमय जीवन बिताईरहेका छन् । यहाँका घरहरु एकदमै पुराना र भत्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?