सर्जरीबाट महिला बन्न नसकेपछि आत्महत्या !

एजेन्सी । शारीरिकदेखि मानसिक रुपमा स्त्री र पुरुष फरक हुने गर्छन् । तर प्रकृतिको यो नीयमलाई भारतको मध्य प्रदेशमा रहने एन युवक मेडिकल ट्रिटमेन्टको माध्यामले हटाउन चाहान्थे ।

२६ वर्षका यी व्यक्ति महिला बन्न चाहान्थे । यसको लागि उनले सर्जरी पनि गरिसकेका थिए । तर ट्रिटमेन्ट सफल नभएको कारणले उनी डिप्रेसनमा गए ।

२६ वर्षीय ति युवक इन्दौरमा बस्ने गर्थे । उनले सेक्स चेन्ज गराउनको लागि सेक्स रीअसाइनमेन्ट सर्जरी गराएका थिए । उनले आफ्नो नाम परिवर्तन गरेर पलक राखेका थिए ।

उनले आठ वर्ष अगाडि मन्दिरमा एकजनासँग विवाह गरेका थिए । उनीसँगै बस्दै आएका थिए । तर उनकी जीवनसाथीले चन्दन इलाकामा झुन्डिएर मरेकी थिइन् ।

शुरुवाती अनुसन्धानका अनुसार सर्जरी पछि पलकलाई शारीरिक रुपमा अफ्ठ्यारो महशुस भईरहेको थियो । त्यसैले उनी डिप्रेसनको शिकार भएका थिए । धेरै कष्ट भएपछि उनले आत्महत्या गरका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?