साताको पहिलो दिन सेयर बजारमा गिरावट

काठमाडौं, ८ माघ । साताको सुरुवात मै सेयर बजार ओरालो लागेको छ । सेयर बजार निरन्तर ओरालो लागेसँगै लगानीकर्ताहरु चिन्तित बनेका छन् साताको पहिलो दिन आइतवार सेयर बजारमा गिरावट आएको छ । कारोबारको एक घण्टासम्म नेप्सेले गति लिँदै सात अंक उक्लिएपनि त्यसपछि निरन्तर आरालो लागेर बजार एकहजार ४ सय २ दशमलव ६९ विन्दुमा आएर रोकिएको थियो । यो अंक अघिल्लो कारोबार भएको दिनकोभन्दा ३ दशमलव ८५ अंकले कमि आएको हो कारोबारमा १६५ कम्पनीको १६ लाख ७६ हजार ११६ कित्ता शेयर ५० करोड ६१ लाख रूपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ आइतबार सबैभन्दा बढी ग्लोवल आइएमइ बैकको संस्थापक समूहको ९ करोड ३४ लाख रूपैयाँको सेयर कारोबार भएको छ भने त्यसपछि सानिमा हाइड्रोको ५ करोड ६४ लाख बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?