राष्ट्रिय सभाका उम्मेदवार छान्न ओली निवास बालकोटमा बैठक

काठमाडौं, ८ पुस । आगामी राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार चयन गर्नका लागि एमाले स्थायी समितिको बैठक बस्दैछ एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउसो ३ बजे स्थायी समितिको बैठक बस्नेछ । सो बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि एमालेका तर्फबाट उम्मेदवार चयन गर्ने विषयमा छलफल हुनेछ वाम गठबन्धन बनाएर प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको निर्वाचन लडेका दुई पार्टीबीच राष्ट्रिय सभामा जित्ने निश्चित भएका ४३ सिटमा २९ सिट एमालेलाई र १४ सिट माओवादी केन्द्रलाई दिनेगरी बाँडफाँडको सहमति बनेको छ । बाँकी सिटमा पनि दुई पार्टीबीच भागबण्डा हुनेछ प्रदेश सभा सदस्य, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुखको मतदानबाट राष्ट्रिय सभा सदस्य निर्वाचित हुनेछन् राष्ट्रिय सभामा निर्वाचनबाट ५६ जना निर्वाचित हुनेछन् । निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १८ रहेको छ प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिला, एक जना दलित तथा एक जना अपांगता भएका वा अल्पसंख्यकसहित ८ जना गरी ५६ जना सांसद चुनिनेछन् भने तीन जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?