झापा, ८ माघ । राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित भएका छन् नेपाल खेलकुद पत्रकार मञ्च झापाले आयोजना गरेको ‘झापा स्पोर्ट्स अवार्ड २०७४’ मा उत्कृष्ट खेलाडी घोषित भएसँगै उनीहरुले १५ हजार रुपैयाँ पुरस्कार पाए युवा वर्ष खेलाडीको पुरस्कार फुटबलर देवेन्द्र तामाङ र पिपुल च्वाइजतर्फ उत्कृष्ट टीम रमपम झापा ११ घोषित भयो । देवेन्द्रले फुटबलकै पूजन उपरकोटी र क्रिकेटकी सवनम राईलाई उछिन्दै उत्कृष्ट पुरस्कार जिते यसैगरी नेपाल पुलिस क्लबका प्रशिक्षक तथा पूर्व क्रिकेटर मनोज कटुवाल वर्ष उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया