ओलम्पिक स्थलको निरीक्षणका लागि उत्तरको प्रतिनिधिमण्डल दक्षिण कोरियामा

सोल, ८ माघ । आगामी फेब्रुअरीमा हुने शीतकालीन ओलिम्पिक स्थलहरूको निरीक्षणका लागि उत्तर कोरियाली प्रतिनिधिमण्डल दक्षिण कोरिया पुगेको छ लोकप्रिय मोराङबोङ् महिला ब्याण्डकी नेतृ तथा उत्तर कोरियामा ख्याति कमाएकी ह्युन सङ–वोल नेतृत्वको प्रतिनिधिमण्डल दक्षिण कोरिया पुगेको हो दुई वर्षयता पहिलो पटक भएको उच्चस्तरीय वार्तापछि उत्तर कोरियाले शीतकालीन ओलिम्पिकमा आफ्नो टोली पठाउने सहमति जनाएको थियो उत्तर कोरियाको आणविक कार्यक्रमलाई लिएर कोरियाली प्रायद्वीपमा उत्पन्न लामो समयदेखिको उत्पन्न लामो तनावपछि भएको यो निर्णयलाई एउटा महत्वपूर्ण कूटनीतिक कदमको रूपमा लिइएको छ व्यापक सुरक्षा बन्दोबस्ती भएको सीमाबाट उत्तर कोरियाली प्रतिनिधिमण्डल सवार बस दक्षिण कोरियाका लागि प्रस्थान गर्दै गरेको तस्वीर स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?