कठमाडौं । एन आई सी एशिया बैंक र फुडमाण्डु प्रालिबीच बैंकिङ साझेदारी सम्बन्धी एक सम्झौता भएको छ । फुडमाण्डु प्रालि ले Online Food Festival 2020 को आयोजना गर्न लागेको छ । उक्त मेलामा एन आइ सी एशिया बैंकका ग्राहकहरुले छुट पाउने भएका छन् । ग्राहकहरुले मोबाईल बैंकिङ्ग एप प्रयोग गरि QR मार्फत भुक्तानी गर्दा ३० प्रतिशत सम्म छुट पाउनेछन् । सहमती अनुसार बैंकका ग्राहकहरुले फुडमाण्डुबाट आफुलाई इच्छा लागेको खानेकुरा अर्डर गर्दा मोबाइल बैंकिङ्ग प्रयोग गरि भुक्तानी गर्नुपर्ने छ । उक्त योजना पौष २१ गतेबाट यहि पौष २७ गतेसम्म लागु हुने बैंकले जनाएको छ ।
सञ्जाल विस्तारको हिसाबले सबैभन्दा अग्रणी मानिएको एनआईसीको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०८ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । करिब २० लाख ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका बैंकले जनाएको छ ।
बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया