डस्टबिनमा फालेको पर्चाले तरकारीवाला रातरात करोडपति !

appharu
0
Shares

एजेन्सी । कसैको भाग्य रातारात चम्किएको दृष्य हामीले फिल्ममा मात्र देखेका होलाउँ । रातारात चिट्ठा परेर करोडपति भएको खबर सायदै मात्र हामीलाई थाहा होला ।

तर यस्तै एक घटना भारतको कोलकतामा भएको छ । ति व्यक्ति साधारण तरकारी बेच्ने आम मानिस हुन् । उनले धनी बन्ने सपना देखेर नयाँ वर्षको दिन ५ चिट्ठा काटेका थिए ।

तर चिट्ठा उनलाई नपर्दा उनले रिसले उक्त चिट्ठा काटेको पर्चा डस्टबिनमा फालिदिए । तर जब उनलाई उक्त भाग्यशाली चिट्ठा आफूलाई परेको थाहा पाए तब उनको खुसीको सिमा नै रहेन । उनी तरकारी बेचिरहेको आफ्नो ठेलागाडा नजिकै नाच्न थाले ।

कोलकताको दमदम गाउँमा ठेलामा तरकारी बेच्ने सादिक नाम गरेका ति व्यक्तिले जनवरी १ मा आफ्नो र श्रीमतीको नाममा ५ वटा भाग्यशाली चिट्ठा काटेका थिए ।

जनवरी २ मा उक्त चिट्ठा कार्यक्रम आयोजना हुँदै थियो । उनलाई त्इो दिन बेलुका कोहि नजिकको मानिसले चिट्टठा नपरेको बताएका थिए । त्यसैले उनले काटेको चिट्ठाको पर्चा डस्टबिनमा फालिदिए । तर भोलिपल्ट चिट्ठन बेच्ने मानिसले उनलाई १ करोडको पुरस्कार मिलेको बताए तब उनको खुसीको सिमा नै रहेन ।

उनले घर आएर डस्टबिनमा उक्त पर्चा खोज्न थाले । नभन्दै पर्चा उनले प्राप्त गरे । सादिक नाम गरेका ति व्यक्तिले जम्मा ५ वटा टिकट काटेका थिए ।

जुनमा उनलाई एउटा टिकटमा १ करोड र बाँकि ४ टिकटमा १ /१ लाखको उपहार परेको थियो । यति धेरै रुकम एकसाथ मिलेपछि उनले परिवारलाई घुमाउन नयाँ कार बुक गरे ।

साथै छोराछोरीलाई पढाउन राम्रो स्कुलमा भर्ना गरे । उनले भने नयाँ वर्षमा मलाई भगवानल सबै दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?