एमएम कप : आर्मीलाई ५७ रनको लक्ष्य

सुनसरी । मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टर (एमएमसीसी) ले त्रिभुवन आर्मी क्लबलाई ५७ रनको लक्ष्य दिएको छ ।

इनरुवामा मंगलबार टस जितेर पहिले ब्याटिङ गरेको एमएमसीसी १९ ओभर ३ बलमा अलआउट हुँदै ५६ रनमा समेटियो । आर्मीका बलरसामु निरिह एमएमसीसीका सुशान्त तिमल्सिनाले सर्वाधिक १५ रन जोडे। यस्तै सोनु मण्डलले १३ रन बनाए ।

१६ रन खर्चिदै सुशन भारीले ७ विकेट लिए । यस्तै हरि चौहानले २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?