मनमोहनलाई हराउँदै आर्मी ‘एमएम’ कपको सेमिफाइनलमा

काठमाडौं । त्रिभुवन आर्मी क्लब मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । इनरुवामा मंगलबार आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टर (एमएमसीसी) लाई १० विकेटले पराजित गर्दै आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो ।

इनरुवा रंगशालामा एमएमसीसीले दिएको ५७ रनलाई पछछ्याएको आर्मीले ५ ओभरमा बिना विकेटको क्षतिमा पुरा गर्यो । आर्मीका लागि कुशल मल्लले अविजित ३५ रन जोड्दा हरिकृष्ण झाले अविजित २० रन बनाए ।

आर्मीका बलरसामु निरिह एमएमसीसीका सुशान्त तिमल्सिनाले सर्वाधिक १५ रन जोडे। यस्तै सोनु मण्डलले १३ रन बनाए । जितसँगै आर्मी समूह ‘ए’ बाट शीर्ष स्थानमा रहदै सेमिफाइनलमा पुगेको हो । आर्मीले २ खेलमा दुई जितसहित ४ अंक जोड्यो ।

आर्मीले सेमिफाइनलमा समूह सी को विजेता प्रदेश ३ सँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?