क्यानको कार्यसम्पादन समिति गठन

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को सोमबार बसेको बोर्ड बैठकले अध्यक्ष चतुरबहादुर चन्दसहित पाँच सदस्यीय कार्यसम्पादन समिति गठन गरेको छ ।

दैनिक कार्यसम्पादन प्रभावकारी रुपमा होस भन्ने उद्देश्यले ५ सदस्यीय कार्यसमिति गठन गरेको क्यानले जनाएको छ । पाँच सदस्यीयमा अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष राजुबाबु श्रेष्ठ, सचिव अशोकनाथ प्याकुरेल, कोषाध्यक्ष रोशनकुमार सिंह र केन्द्रीय सदस्य अमितवीर पाण्डे रहेका छन् ।

यसैगरी बोर्ड बैठकले जिल्लाका कार्यालय स्थापना गर्न सदस्य जिल्लाहरूलाई १–१ लाख र सात प्रदेशलाई ३३ लाख दिने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?