एजेन्सी । स्मार्टफोनमा विश्वकै मानिसहरुको लत बसिसकेको छ । मोवाइलले मानिसहरुलाई यतिसम्म बर्बाद बनाएको छ कि मानिसहरु आफ्ना आफन्तहरुसँग पनि बोल्न भ्याउँदैनन् । हामी कोहि साथीसँग भेट्दा ग्रुपमा बसेर कुराकानी गर्दा छिनछिनमा मोवाइल चलाउँछौँ ।
मोवाइल फोनको यस्तै लत क्यानडाको केलगरीमा बस्ने जेमी क्लार्कका छोरा १८ वर्षीय खोबेलाई पनि लागेको छ । उनलाई मोवाइल फोनको यस्तो लत लागेको थियो कि, उनी दिन रात नै सोसल मिडिया र अनलाइन गेममा बिताउने गर्थे ।
क्लार्क आफ्नो छोराको यो अवस्थाले गर्दा हैरान भएका थिए । उनले आफ्नो छोराको मोवाइलमा लागेको यो लत छुटाउन औठो तरिका अपनाएका छन् । उनले आफ्नो छोराको यो लत छुटाउन क्यानडाबाट ८ हजार किमी दुरी टाढा मंगोलिया गए । उनीहरुले मंगोलीयामा एक महिनामा २२ हजार किमी लामो यात्रा गरेका छन् ।
यो यात्रामा उनले छोरालाई एउटा यस्तो ठाउँमा लिएर गए कि जहाँ इन्टरनेट चल्दैन थियो । जसमध्ये केहि ठाउँहरु त यस्ता थिए जहाँ यात्रा गर्नको लागि बस पनि थिएनन् । यस्तो ठाउँमा उनीहरुले उक्त यात्रा बाइकमा गरे । उनीहरुले केहि ठाउँमा घोडाको पनि प्रयोग गरे । क्लार्कले यो यात्रामा आफ्नो छोरो धेरै बदलिएको देखे ।
उनको छोराले एक महिनाको यो यात्रा पछि मोवाइल फोनको प्रयोग गर्न छोडे । खोबेले यो यात्राले आफनो जिन्दगी पुरै बदलिएको बताएका छन् । खोबेका पिता क्लार्क पेषाले हिमाल आरोही हुन् । उनले माउण्ट एभरेष्ट (सगरमाथा) पनि चढिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया