काठमाडौं, ३० भदौ ।संसदको सुशासन तथा अनुगमन समितिले अनियमितताको आरोप लागेका आयल निगमका प्रमुख गोपाल खड्कालाई निलम्बन गर्न आपूर्ति मन्त्रालयलाई पत्राचार गरेको छ ।समितीले पेट्रोलियम भण्डारणका लागि जग्गा खरिदमा अनियमिता भएको ठहर गरेको र आपूर्ति मन्त्रालयकै छानविनले समेत अनियमितता भएको ठहर गर्दै खड्कालाई कारबाही गर्न सिफारिस गरेको हो ।सुशासन समितिले आपूर्ति मन्त्रालयलाई पत्र पठाएर छानविन प्रक्रिया टुंगो नपुगेसम्म निगम प्रमुख खड्कालाई दैनिक काम समेत गर्न नदिन निर्देशन दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया