धनी–गरिबको खाडल बढ्दै, १ प्रतिशत धनी बराबर ८२ प्रतिशतको सम्पत्ति

एजेन्सी, ८ माघ । विश्वमा धनी र गरिब तथा मध्यमस्तरका मानिसहरुबीचको खाडल झनै बढेको देखिएको छ । अक्सफामले गरेको नयाँ अध्ययनमा विश्वका १ प्रतिशत धनीहरुको सम्पत्ति विश्वका ८२ प्रतिशत मानिसको सम्पत्ति रहेको देखिएको छ कर छली, संस्थाको नीतिमाथिको बाह्य प्रभाव, श्रमिकको अधिकारको क्षय, ज्याला कटौति जस्ता कारणले धनाढ्य र विश्वको बाँकी जनसंख्याको खाडल बढेको अक्सफामले निश्कर्ष निकालेको छ यस वर्ष विश्वका ४२ जना धनीसँग विश्वका आधा गरीब मानिसको भन्दा बढी सम्पत्ति रहेको छ भारतमा एक प्रतिशत बराबर ७३ प्रतिशतभारतमा एक प्रतिशत धनीसँग ७३ प्रतिशत जनताको सम्पत्ति बराबर भएको पाइएको छ । यसबाट भारतमा पनि धनी र गरिबबीचको खाडल बढ्दै गएको देखिएको छ गत वर्ष अक्सफामको अनुसन्धानमा १ प्रतिशत धनी बराबर ५८ प्रतिशत मानिसको सम्पत्ति रहेको उल्लेख थियो । अनसन्धानका अनुसार सन् २०१७ मा भारतमा १ प्रतिशत धनीको सम्पत्तिमा २०.९ लाख करोड भारतीय रुपैयाँले बढेको पाइएको छ । यो भारतको केन्द्र सरकारको २०१७–१८ को बजेट बराबर हो अक्सफामले पछिल्ला पाँच वर्षदेखि यसप्रकारको रिपोर्ट सार्वजनिक गर्दै आएको छ । गत वर्षको रिपोर्टमा विश्वका ८ जना धनीको सम्पत्ति गरिब आधा मानिसको सम्पत्ति बराबर रहेको उल्लेख थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?