काठमाडौं, ८ माघ । मंसिर १० र २१ गते सम्पन्न भएको निर्वाचनमा निर्वाचित सांसद पूर्वडीआईजी नवराज सिलवाल, रेशम चौधरी र प्रदेश सांसदमा निर्वाचित भएका राजीव गुरुङ अर्थात् दिपक मनाङेलाई नेपाल प्रहरीले पक्राउ गर्न ‘वान्टेड’को सूचिमा राखेको छ प्रहरी महानिरीक्षक बढुवासम्बन्धि विवादमा सरकरी कागजपत्र कीर्ते गरेको आरोपमा सर्वोच्च अदालतले छानबिन गर्न आदेश दिएपछि नेपाल प्रहरीका पूर्वडीआईजी सिलवाललाई खोजी गर्दै आएको छ । तर सिलवालको कुनै अत्तोपत्तो छैन् । त्यसैगरी, उच्च अदालत पाटनले ज्यान मार्ने मुद्दामा दोषी ठहर गरेका दीपन मनाङे पनि पक्राउको सूचीमा छन् । पक्राउ पर्ने डर भएपछि मनाङे आइतबार प्रदेश ४ को अस्थायी केन्द्र पोखरामा प्रदेश सांसदको शपथ ग्रहण कार्यक्रममा समेत अनुपस्थित भएका थिए । त्यसैगरी थरुहट आन्दोलनका क्रममा नेपाल प्रहरीका अधिकारी मारेको मुद्दामा जिल्ला अदालत कैलालीले रेशम चौधरीलाई पनि पक्राउ गर्न आदेश जारी गरेको थियो । यही कारण सांसदमा विजयी भए पनि निर्वाचन आयोगले चौधरीलाई निवाृचित भएको प्रमाणपत्र अझैसम्म पनि दिएको छैन । फरार तीन जनालाई अदालतले समेत दोषी ठहर गरिसकेका कारण ‘वान्टेड’को सूचीमा राखी पक्राउको प्रयास भइरहेको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता मनोज न्यौपानेले बताए । पक्राउका लागि देशभर लिखित तथा मौखिक सर्कुलर भइरहेको छ, न्यौपानेले भने यी तीन व्यक्तिलाई पक्राउ गर्न फोटोसहितको सूचना सार्वजनिक गरी वान्टेडमा राख्न आवश्यक भने नभएको उनले बताए । फरार तीनै जना चिरपरिचित छन, फोटोसहितको सूचना जारी गर्न जरुरी छैन भन्दै उनले तीनै जनालाई पक्राउ गर्न प्रहरी परिचालन भएको जानकारी दिए पूर्वडीआईजी सिलवाल नेकपा एमालेबाट ललितपुर क्षेत्र नम्बर–१ बाट निर्वाचित भएका थिए भने रेशम चौधरी राष्ट्रिय जनता पार्टीबाट कैलाली क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित जनप्रतिनिधि हुन भने दिपक मनाङे मनाङ प्रदेशसभामा स्वतन्त्रबाट निर्वाचित भएका हुन प्रहरीको वान्टेड सूचीमा रहेका सिलवाल, चौधरी र मनाङे तीनै जना फरार छन ।प्रदेशसभाका सांसदको शपथग्रहणको मौका छोपी आइतारबार मनाङेलाई पक्राउ गर्न पोखरा पुगेको प्रहरी टोली रित्तो हात फर्किएको छ । मनाङे शपथग्रहरणमा अनुपस्थित भएपछि प्रहरी खालि हात फर्किएको हो सर्वोच्च अदालतले कीर्ते मुद्दामा सिलवालमाथि छानबिन गर्न आदेश दिएपछि भने उनी फरार भएका हुन एक नाबालकसहित सात जना सुरक्षाकर्मीको हत्या घटनाका मुख्य योजनाकारको अभियोगमा चौधरीलाई पनि अदालतले पक्राउ गरी उपस्थित गराउन यसअघि नै आदेश दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया