आफ्नै छोरीको हत्या अभियोगमा आमासहित ४ जना पक्राउ, बाबु फरार, शवको आंशिक भाग मात्र फेला !

काठमाडौं । आमा ममताकी खानी हुन् । जसलाई सन्तानलाई सानो चोट लाग्दा पनि दुख्छ । आमा सन्तानको खुसीको निम्ति ज पनि गर्न तयार हुन्छिन् । तपाईलाई अचम्म लाग्न सक्छ आफ्नै आमाले छोरीको हत्या गरे भन्दा । पर्सामा आफनै छोरीको हत्या गरेको आरोपमा आमा पक्राउ परेकी छिन् ।

१५ वर्षीय छोरीको हत्या गरी शव जलाएर गाडेको आरोपमा आमासहित ४ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका-९ शिवबर्वाकी ३० वर्षीया शिवकली देवी, ३९ वर्षीय राजेन्द्र महतो तत्वा, २८ वर्षीय सन्तोष महतो तत्वा र वडा नम्बर ८ बस्ने १९ वर्षीय सुबोध भन्ने जितेन्द्र यादव रहेका छन् ।

प्रहरीका अनुसार पक्राउ परेकी शिवकली बालिकाकी आमा हुन् भने सन्तोष काका हुन् । पुनिताका बुवा वीरेन्द्र दास तत्वा भने फरार रहेको पर्सा प्रहरीले जनाएको छ ।

घरदेखि करिब २ किलोमिटर उत्तरतर्फ रहेको खोला नजिकै जलाएर शव गाडेको छ भन्ने सूचनाको आधारमा प्रहरीले जलेको अवस्थामा पुनिताको शरीरको आंशिक भाग मात्र फेला पारेको थियो । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?