टी-ट्वान्टीको नयाँ वरियतामा नेपाल १२ औं स्थानमै यथावत

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टीको वरियतामा नेपाल यथावत रहेको छ ।

आईसीसीले अपडेट गरेको टी-ट्वान्टीको नयाँ वरियतामा नेपाल १२ औं स्थानमा परेको छ । अघिल्लो महिना नेपाल १२ औं स्थानमै रहेको थियो । नयाँ वरियता अनुसार नेपालले १ सय ९२ रेटीङ अंक पाएको छ ।

एसोसियट राष्ट्र मध्यको टी-ट्वान्टी वरियतामा नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालपछि स्कटल्याण्ड रहेको छ । यस्तै नेपाल भन्दा तल टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् ।

टी-ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान र दोस्रोमा अष्ट्रेलिया रहेका छन् । इंग्ल्याण्ड तेस्रो, दक्षिण अफ्रिका चौंथो र भारत पाँचौं स्थानमा रहेका छन् । एकदिवसीय वरियतामा नेपाल १८ औं स्थानमा रहेको छ । टी-ट्वान्टीको महिलातर्फको वरियतामा नेपाल १४ औं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?