काठमाडौं । तपाई हामी सबैले आ–आफ्ना घर र फ्लाटमा प्रत्येक तलामा वा कोठामा समेत वास्तुशास्त्रीय परम्परा अनुसार राखनधरन वा बसोबास गर्नाले बहुपक्षीय लाभ हुन्छ । भाडाको घरमा वा एउटा मात्र कोठामा गुजारा गर्नु परेको अवस्थामा पनि न्यूनतम रुपमा वास्तुशास्त्रीय मान्यताहरुको पालना गरी व्यवस्थापन गर्ने प्रयास गर्नुपर्दछ ।
जस्तै, कोठामा उत्तरपुर्वी कुनामा देवताको पूजा गर्ने, प्रतिमा राख्ने वा धुप सल्काएर राख्ने गर्नुपर्दछ । उत्तरपट्टी कुनामा आना किमती सरसामान, सेफ, ढुकुटी, दराज आदि राख्नुपर्दछ । तर मिलेसम्म दक्षिणतर्फ दराजको मुख नखोल्नु नै राम्रो हुनेछ । दक्षिणपूर्व (आग्नेय) कुनामा चुलो, ग्याँस, हिटर वा स्टोभ राखेर खाना पकाउने गर्नुपर्दछ ।
त्यस्तै खाना खाँदा पूर्व वा उत्तर फर्केर बस्नु पर्दछ । यसो गर्नाले थोरै आय आर्जनबाट बढीभन्दा बढी आत्मसन्तुष्टि र पारिवारिक सन्तोषको अनुभुति हुन थाल्नेछ । दक्ष ज्योतिषीको सल्लाह लिएर गृहारम्भ ग-यो भने देहायका अनिष्टहरुबाट मुक्त हुन सकिनेछ ।
गृहारम्भको समयमा गृहस्वामीको जन्मराशिबाट सूर्य, चन्द्रमा र बृहस्पति निर्बल, अस्त वा नीच राशिमा भएका कारणले घरवालाको श्रीमान् वा श्रीमतीलाई हुन सक्ने कष्ट ।
शुक्र निर्बल, अस्त, वा नीच राशिमा भएमा धनक्षती हुन सक्ने समस्या ।
चन्द्रमा र वास्तुनक्षत्र गृहद्वाराको पछाडी परेमा चोरी हुने समस्या ।
त्यस्तै घरको नाम–नक्षत्र र घरवालाको नाम, नक्षत्रको संयोग पनि अत्यन्त महत्वपूर्ण हुन्छ । घरको र घरपट्टिको एउटै नक्षत्र परेमा अनिष्ट हुन्छ । (यद्यपी एकै नक्षत्र भए पनि बेग्लाबेग्लै नक्षत्रपादको कारणले बेग्लाबेग्लै राशि पर्न गए चाँही दोष लाग्दैन ) ।
घरको नाम र घरपतिको नाम परस्पर १ र १२ परेमा दरिद्रता बढ्छ । ५ र ९ परेमा सन्तान सुख घट्दछ भने ६ र ८ परेमा स्वास्थ्यसम्बन्धी समस्या थपिनेछ ।
नोट :वास्तुशास्त्रको बारेमा आगामी अंकहरुमा जानकारी गराउँदै जानेछौँ ।
ज्यो. दुर्गा भण्डारी
यो छुटाउनुभयो कि ?
वास्तुशास्त्र भनेको के हो ? घर कसरी निर्माण गर्ने ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया