सुलेमानीको शवयात्रामा भागदौड, कम्तिमा ३५ जनाको मृत्यु

काठमाडौं । अमेरिकाले गत साता हवाई आक्रमण गर्दा मृत्यु भएका इरानका वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको शवयात्रामा भागदौड हुँदा कम्तिमा ३५ जनाको मृत्यु भएको छ । भागदौडमा ४० भन्दा बढी घाइते भएका छन् ।

केरमन शहरमा गरिएको सुलेमानीको अन्त्येष्टीमा लाखौँ मानिसहरू भेला भएका थिए । उनी सोहि शहरका बासिन्दा थिए । यहीँ उनको अन्तिम संस्कार हुनेछ ।
यसअघि अहवाज र तेहरानमा पनि उत्तिकै भिड जम्मा भएको थियो । भागदौडको घटनाबारे विस्तृत समाचार आउन बाँकी छ ।

उनको शवलाई शहीदका लागि बनाइएको एउटा चिहानमा समाधिस्थ गरिँदैछ।

सुलेमानीको मृत्युपछि अमेरिका र इरानबीच तनाव चुलिएको छ।

इरानको विशिष्ट सैन्य बल कूड्स फोर्सका प्रमुख सुलेमानीलाई सर्वोच्च नेता आयतूला अली खामनेईपछि दोस्रो लोकप्रिय नेता मानिन्थ्यो।

तर अमेरिकाले उनलाई आतङ्ककारी घोषणा गरेको थियो। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?