काठमाडौं । होटल डेला अन्नपूर्ण र सेञ्चुरी कमर्सियल बैंकबीच एक सम्झौता भएृको छ । बैंक र होटलबीच छुट दिने सम्बन्धी सम्झौता भएको हो ।
उक्त सम्झौता अनुसार बैंकका क्रेडिट र डेविट कार्ड लिएका ग्राहकले होटलको विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्। त्यस्तै बैंकका ग्राहकहरुले अन्नपूर्ण वाहेक जगतपुर लज चितवन र फिसटेल लजमा खानेकुरा तथा वेभरेजमा १५ प्रतिशतसम्म छुट पाइने बैंकले् जनाएको छ।
उक्त सम्झौतापत्रमा होटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजुविक्रम शाह तथा बैंकका तर्फबाट प्रमुख बजार अधिकृत रन्जन खड्काले हस्ताक्षर गरि सक्झौता गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया