बच्चामा पुड्कोपन आउन सक्छ है ! अपनाउनुहोस् यी १० उपाय…

काठमाडौं । पुड्कोपन मानिसहरुका लागि एक किसिमको रोग नै हो । यो समस्या अस्वस्थ खानपानका कारण बढ्दै गएको विभिन्न अध्ययनहरुको निष्कर्ष छ ।

हामी अधिकांश समयमा घरका पौष्टिक खानाहरु भन्दा बजारका पाइने जङ्गफुड खाँदै आईरहेका छौँ ।  त्यहि जङ्गफुड हामीलाई धेरै मन पर्छ । सजिलो र छिटोको लागि हामी जङ्गफुडको खाने गर्छौ । तर जङ्गफुडको असरले हामीलाई पुड्को बनाउँछ ।

झनै अहिलेका हाम्रा बालबच्चा त दाल, भात, तरकारी, सागसब्जी र फलफूल जस्ता खानेकुरा खान मन पराउँदैनन् ।

आजकालका बच्चाहरु घरमा जतिसुकै मिठो खानेकुरा पकाएर खुवाए पनि खुसी देखिँदैन् । तर बजारमा पाइने प्याकेटका तयारी जंकफुड ल्याइदियो भने उनीहरुको मन फुरुंग हुने गर्छ ।  तर बजारमा राखिएका तयारी प्याकेटका जङ्गफुडमा पर्याप्त पोषण हुँदैन । त्यसैले बच्चाहरुमा पुड्कोपनको समस्या आउँछ ।

विश्व स्वास्थ सङ्गठनले निर्धारण गरेको मापदण्ड अनुसार औसत बच्चाहरु जन्मदा ४५ देखि ५० सेन्टिमिटर सम्मको हुने गर्छन् ।

एक वर्षभित्र बच्चाको उचाई २५ सेन्टिमिरसम्म बढ्नु पर्दछ । बच्चाहरु २ वर्षमा १२ सेन्टिमिटर बढ्ने र त्यसपछिका ३ बर्ष हरेक बर्ष ७ देखि ९ सेन्टिमिटर उचाइ बढ्नुपर्छ । यदि बच्चाहरुको उमेर अनुसारको उचाइ नबढे पुड्कोपनको समस्या हुनसक्छ ।

पुड्कोपन हुनुको प्रमुख कारण भनेकै जङ्कफुड जस्ता पोषणहिन खानामा अत्याधिक चासो दिनु हो । आफ्नो बच्चालाई यस्ता समस्याहरुबाट टाढा राख्ने जिम्मेवारी अविभावकको हुन्छ ।

साथमा बच्चाहरुलाई जङ्गफुड धेरै खान नदिने जिम्मेवारी निकाय विद्यालय पनि हो । अहिले त हाम्रो देशमा कहिँ केहि दुर्घटना भयो भने पनि राहतका नाममा जङ्गफुड बाँड्ने गरिन्छ । तर यसको असरको बारेमा कुनै सरकारी निकायहरुले ध्यान दिइएको पाईँदैन ।

पुड्कोपनको समस्याबाट जोगिन के गर्ने ?

१. बच्चाहरुको पुड्कोपन नहोस् भन्नका लागी महिलाले गर्भवती अवस्थादेखि नै नियमित गर्भजाँच गराउनुपर्दछ ।

२.डाक्टरको परामर्श अनुसार गर्भावस्थामा आइरन, क्याल्सियम जस्ता भिटामिन युक्त चक्कीको सेवन गर्नुपर्दछ ।

३. गर्भवती भएको बेला पौष्टिक आहार खाने गर्नुपर्दछ । जस्तै फलफूल, माछामासु, सागसब्जी आदि ।

४. गर्भावस्थामा आफूलाई तनाव हुने कुनै पनि काम गर्नुहुँदैन ।

५. गर्भवती महिलाले झगडा गर्ने,गह्रौँ भरी बोक्ने र आफूलाई असहज हुने काम गर्नुहुँदैन ।

६. बच्चा जन्मीएपछि लगाइने सबै खोपहरु नियमित लगाउनुपर्छ ।

७. शिशु जन्मिएपछि शिशुको स्याहार राम्रोसँग गर्नुपर्दछ ।

८.बच्चालाई कम्तीमा ६ महिनासम्म आमाको दुध मात्र सेवन गराउँनुपर्छ ।

९. बच्चालाई खानामा कोदो, फापर, गहुँ वा चामल, झोल पदार्थ, हरीयो सागसब्जी, पाकेका फलफुल र प्रसस्त पानी ख्वाउने गनुपर्दछ ।

१०. आमाले गर्भवति भएपछि हप्ताको २ पटक दूधदहि, माछामासु, मकै, भटमास र चना जस्ता पोषणयुक्त सामाग्री खाने बानि गनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?