एजेन्सी । लिभरपुलका स्ट्राइकर रियन ब्रुस्टरलाई स्वान्सी सिटीले अनुबन्ध गरेको छ । रियन ब्रुस्टरलाई स्वान्सी सिटीले लोनमा अनुबन्ध गरेको हो ।
१९ वर्षीय ब्रुस्टरलाई च्याम्पियनसिप क्लब स्वान्सीले यस सिजनको लागि लोनमा अनुबन्ध गरेको हो ।इंग्ल्यान्डको यू-२१ टोलीका ब्रुस्टर सन् २०१७ को फिफा यू-१७ विश्वकपमा सर्वाधिक गोलकर्ता बनेका थिए ।
स्वान्सीसँग सम्झौता गरेपछि ब्रुस्टरले क्लबको जर्सीमा मैदान उत्रन निकै उत्साहित भएको बताएका छन् । ब्रुस्टरले च्याम्पियनसिप अन्तर्गत कार्डिफ सिटीविरुद्धको खेलमा डेब्यु गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया