भारतमा चार बलात्कारीलाई मृत्युदण्डको फैसला

काठ्माडौं । भारतको नयाँ दिल्लीस्थित एक अदालतले बलात्कारका चार आरोपीलाई मृत्युदण्डको सजाय सुनाएको छ।
मंगलबार राजधानीको दिल्लीस्थित ट्रायल अदालतले आठ वर्षअघिको एक बलात्कार घटनामा संलग्न चार आरोपीलाई मृत्युदण्डको आदेश दिएको हो।

१६ डिसेम्बर २०१२ मा फिजियोथेरापीकी २३ वर्षीया विद्यार्थी ज्योति सिंहलाई गुडिरहेको बसभित्र ६ जनाले सामुहिक बलात्कार गरेका थिए।

बलात्कारपछि बसबाट फालिएकी उनको उपचारको क्रममा १३ दिनपछि मृत्यु भएको थियो। उनलाई पछि ‘निर्भया’ नाम दिइएको थियो। जुन घटनाको भारतभर चर्को विरोध भएको थियो।

बलात्कार तथा हत्या कसुरमा उनीहरुलाई जनवरी २२ ९माघ ८० का दिन बिहान ७ बजे झुन्डाएर मृत्युदण्ड दिन अदालतले फैसला गरेको छ।

फैसलापछि निर्भयाकी आमा आशा देवीले फैसलाले अदालतप्रति जनविश्वास बढेको प्रतिक्रिया दिएकी छन्।
६ आरोपीमध्ये एक वयस्क नभएकाले यो सजायबाट जोगिए। अर्का एक आरोपी रामसिंहले हिरासतमै आत्महत्या गरिसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?