मेलबर्न र सिड्नी थन्डर भिड्दै, चम्किएलान त सन्दीप ?

एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मेलित मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल) मा अहिले सिड्नी थन्डरसँग भिड्दैछ ।

मेलबर्नमा खेल नेपाली समय अनुसार दिउसो १:५५ बजेबाट शुरु भएको हो । घरेलु मैदानमा भएको खेलमा मेलबर्न जित निकाल्ने लक्ष्यमा रहेको छ ।

मेलबर्न ६ खेलमा ५ जितसहित १० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । ७ खेलमा ७ अंक जोडेको सिड्नी चौंथो स्थानमा रहेको छ । यस सिजन सन्दीपले ५ खेलमा ६ विकेट हात पारिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?