काठमाडौं । नेपालमा भारतले प्याज निर्यातमा रोक लगाएसँगै मित्र राष्ट्र चीनबाट प्याजको आयात गर्न थालिएको छ । भारतले प्याजको आयातमा रोक लगाएसँगै चालु आर्थिक वर्षको पाँच महिनामा मात्र चीनबाट साढे १० लाख किलो भन्दा प्याज आएको तथ्यांकले देखाएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार यस अवधीमा नेपालमा भारत तथा चीनबाट कुल १८ लाख ३५ हजार २ सय ८२ किलो प्याज आयात भएको थियो । जसमध्ये १० लाख ६५ हजार ९१ किलो बराबरको प्याज चीनबाट आयात भएको विभागले जनाएको छ । भने ७ लाख ७० हजार १ सय ९१ किलो प्याज भारतबाट नेपाल भित्रिएको तथ्यांकले देखाएको छ ।
त्यस्तै अन्य समयमा भारतबाट प्याज आयात गरि निकास गरिने मोटो रकम यतिखेर चीनतिर गएको छ । चालु आवको उक्त अवधिमा मात्र प्याज खरिदको लागि नेपालले करिव ८ करोड २१ लाख रुपैयाँ चीन पठाएको तथ्यांकले देखाएको छ ।भने साढे ३ करोड रुपैयाँ भने भारतबाट प्याज खरिद गर्ने क्रममा बाहिरिएको् छ ।
मंगलबार कालिमाटी फलफूल तथा तरकारी बजार समितिले भारतीय सुकेको प्याजको प्रतिकिलो मूल्य १२८ तोकेको थियो । तर खुद्रामा नै भारतीय प्याजको मूल्य १५५ रुपैयाँ तोकेको थियो । साथै भन्सार विभागका अनुसार प्याजको औषत मूल्य ४५ रुपैयाँ ५५ पैसा मात्रै रहेको छ ।
भने चीनबाट आयात हुने प्याज भने भन्सार विन्दुमा प्रतिकिलो ७७ रुपैयाँ ११ पैसा रहेको छ । तर कालिमाटी तरकारी बजार समितिले सुकेको प्याज प्रतिकिलो ९८ रुपैयाँ रहेको छ । भने खुद्रा मूल्य १२५ रुपैयाँ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया