काठमाडौं । नेपाल पुलिस क्लबले मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई जितका लागि ३ सय ४७ रनको लक्ष्य दिएको छ ।
सुनसरीको इनरुवामा टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ४९ ओभर ३ बलमा अलआउट भएर ३ सय ४६ रन बनायो ।
पुलिसका लागि कुशलले ७८ रन बनाए भने सुनिलले ७० रन बनाए । त्यस्तै अनिल साहले ३६ रन जोड्दा अमित श्रेष्ठले २९, ललित भण्डारीले २७ र दिपेन्द्र सिंह ऐरीले २५ रन बनाए ।
कर्णालीका रबिन्द्र शाहीले ३ तथा युनिष सिंह र राज साहले समान २-२ विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया