काठमाडौं । धितोपत्र बजारमा साताको चौथो दिन बुधबार शेयर कारोबार मापक नेप्से परिसुचकमा गिरावट आएको छ । एक्कासी बढेको शेयर बजार मापक नेप्से परिसुचक ७ दशमलव ३२ अंकले घटेर आज १ हजार २ सय ९ दशमलव ६० विन्दुमा पुगेको छ । आज १७२ वटा कम्पनीको बजारमा शेयर कारोबार भएको छ । जसको कारोबार ७३ करोड २१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
आज कारोबार गर्ने १७२ कम्पनीमध्ये बोमी माक्रोफाइनान्सले बढि कारोबार गर्ने संस्थाको रुपमा रहेको छ । जसले ७ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार गरि पहिलो स्थानमा पर्न सफल भएको छ । त्यस्तै एन आई सी एशिया बैंक भने ४ करोड ४२ लाख बराबरको कारोबार गरि दोस्रो स्थानमा पर्न सफल भएको छ ।
आज कारोबारमा आएका मध्ये फाइनान्स, म्युचल फण्ड, माइक्रोफाइनान्स, उत्पादन मूलक समुह तथा अन्य समूहको सूचक शून्य प्रतिशतभन्दा बढिले उकालो लागेको छ । त्यस्तै भने निर्जीवन बीमा, बैंकिङ्ग तथा व्यापार समुहको सूचक भने १ प्रतिशत भन्दा धेरैले गिरावट आएको छ । भने बाँकी रहेका समुहको सूचक भने शून्य प्रतिशतभन्दा धेरैले गिरावट आएको नेप्सेले जनाएको छ ।
त्यस्तै आज समता माइक्रोफाइन्सका लगानीकर्ताहरुले सबैभन्दा धेरै फाइदा कमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया