दुर्घटनामा परेको विमानको ब्ल्याक बक्स इरानले बोइङलाई नदिने, एयर फ्रान्सले उडान रोक्यो

एजेन्सी । इरानको राजधानी तेहरानबाट किएभका लागि उडेको युक्रेनको बोइङ ७३७ विमान बुधबार बिहान दुर्घटनामा परेको थियो । दुर्घटनामा परी १६८ यात्रु र ९ जना चालक दलका सदस्यको मृत्यु भएको थियो ।

दुर्घटना भएको युक्रेन इन्टरनेशनल एयरलाइन्सको विमानको ब्ल्याक बक्स विमान निर्माता कम्पनीलाई नदिइने इरानले जनाएको छ । इरानका नागरिक उड्ययनका प्रमुख अली अवेजादेहले दुर्घटनामा परेको विमानको ब्ल्याक बक्स बोइङलाई नदिने बताएका हुन् ।

अमेरिकी विमान निर्माता कम्पनी बोइङको ७३७-८०० मोडलको विमान बुधबार बिहान तेहरानको इमाम खामेनी विमानस्थलबाट टेकअफ भएको केहीबेरमै दुर्घटनामा परेको थियो।

विमानको ब्ल्याक बक्समा टावरसँग भएको कुराकानीको रेकर्ड हुनेहुँदा ब्ल्याक बक्स बोइङलाई नदिने भनिएको हो ।

गत शुक्रबार मात्र अमेरिकाले इराना सैन्य कमाण्डर कासिम सुलेमानीको हत्या गरेपछि इरानर अमेरिकाको विवाद शुरु भएको छ । बुधबारमात्रै इरानले इराकस्थित अमेरिकी सैन्य अखडामा मिसाइल आक्रमण गरेको छ ।

दुई देशबीचको सम्बन्ध तिक्ततापूर्ण भएका बेला इरानको नागरिक उड्ययनले विमानको ब्ल्याक बक्स अमेरिकी कम्पनीलाई नदिने बताएको हो। ब्ल्याक बक्सको डाटा कहाँ लिएर परीक्षण गरिन्छ भन्नेबारे केही खुलाइएको छैन।

विमान दुर्घटनामा ८२ इरानी, ६३ क्यानेडियन, ११ युक्रेनियन, १० स्विडिस, ४ अफगानी, ३ जर्मन र ३ बेलायती नागरिकको मृत्यु भएको छ ।

युक्रेनको राजधानी किएभको लागि उडेको विमान टेकअफ भएको केहीबेरमै प्राविधिक समस्या आएपछि दुर्घटनामा परेको थियो ।

त्यस्तै, एयर फ्रान्सले इरान र इराका लागि सम्पूर्ण उडान बुधबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ । एयरलाइन्सले त्यस क्षेत्रमा भइरहेको तनावका कारण पूर्वसावाधानीका लागि उक्त उडानहरु रोकिएको जनाएको छ ।

यो पनि पढ्नुहोस् :

१ सय ८० जना बोकेको विमान दुर्घटना : आकाशबाट बल्दै खसेको भिडियो फेला (भिडियोसहित)

इरान विमान दुर्घटना अपडेट : सवार सबैको मृत्यु

इरानमा १ सय ८० यात्रु बोकेको विमान खस्यो

इरान विमान दुर्घटना अपडेट: ज्यान गुमाउनेको पहिचान खुल्यो, कुन देशका कति ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?