काठमाडौं । अल्वर्ट आइन्स्टाइन एक सैद्धान्तिक तथा भौतिकविद हुन् । १४ मार्च सन् १८७९ मा जन्मिएका उनको १८ अप्रिल सन् १९५५ मा निधन भएको थियो ।
उनी सबैभन्दा बढी सापेक्षताको सिद्धान्त र द्रव्यमान(ऊर्जा समीकरण)का स्तम्भको रुपमा चिनिन्छन् । उनलाई सैद्धान्तिक भौतिकी, खास गरी प्रकाश प्रभावको खोजको लागि १९२१ मा नोबेल पुरस्कार प्रदान गरिएको थियो ।
उनका यी २० भनाईहरु
१. ज्ञानभन्दा धेरै शक्तिशाली कल्पना हुन्छ ।
२.आत्मज्ञान नै एकमाात्र सच्चा र मुल्यवान चिज हो ।
३.म भविष्यको बारेमा धेरै सोच्दिन किनभने भविष्य चाँडै आइहाल्छ ।
४.धर्म विना विज्ञान लंगडो छ भने विज्ञान विना धर्म अन्धो हुन्छ ।
५.शान्ती बलबाट होइन,समझदारीबाट प्राप्त हुन्छ ।
६.गणित गाह्रो हुन्छ भनेर चिन्तित नबन । तिम्रो मस्तिष्क अझै पनि महान छ ।
७.यदि A सफलता हो भने,सूत्र हुन्छ,A=X+Y+Z । जहाँ X भनेको कार्य, Y भनेको मनोरञ्जन र Z भनेको मुख बन्द राख्नु हो ।
८.हिजोबाट सिक आजका लागि बाँच र भोलीका लागि आशा गर ।
९. सबैभन्दा महत्वपुर्ण कुरा भनेको प्रश्न बन्द नगर्नु हो ।
१०.जुन व्यक्तिले केहि गल्ती गरेन भने, बुझ त्यसले केहि सिकेको छैन ।
११.ईश्वर हुनुपूर्व हामी सबै बराबर विद्वान र उत्तिकै मुर्ख थियौ ।
१२.संसारमा यस्ता कमै मात्र मानिस छन् । जसले स्वाय आफ्नै आँखाले देख्छन् र आफ्नै हृदयले अनुभुति गर्छन् ।
१३.सफल बन्ने मात्र प्रयत्न नगर बरु मुल्यवान बन्ने प्रयत्न गर ।
१४.पहिले प्रकृतिमा गहिरिएर हेर अनि तिमीले सबै कुरा राम्रोसँग बुझ्दछौ ।
१५.धर्म,कला र विज्ञान एकै रुखका हाँगाहरु हुन् ।
१६.एउटा टेबल, कुर्सी र एक कचौरा फलफूल अनि एउटा भ्वाएलिन मान्छेलाई खुसी हुन पर्याप्त छ ।
१७.जिन्दगी भनेको साइकल चलाउनु जस्तै हो ।
१८.जीवनमा सन्तुलन बनाइराख्न तिमी अगाडि बढ्नुपर्छ ।
१९.मसंग त्यस्तो केहि खुबी छैन । म मात्र केहि चिज प्रतिको भित्रि प्यासनदेखि जिज्ञासु छु ।
२०.म सबैसँग समान तरिकाले बोल्दछु । चाहे त्यो फोहोर उठाउने व्यक्ति होस् वा कुनै विश्वविद्यालयको प्रेसिडेन्ट ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया