तपाईको लागि आजको दिन कति शुभ, कति अशुभ ? हेर्नुहोस्

काठमाडौं । आज मिति २०७६ पुष महिनाको २४ गते बिहीबार । इस्वी संवत २०२० जनवरी ९ तारिक । शकसंवत् १९४१ । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । नेपाल संवत ११४० थिंलागा । पौष शुक्लपक्ष । तिथी– चतुर्दशी,२६ बजेर ०९ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र– मृगशिरा,१५ बजेर २३ मिनेट उप्रान्त आद्र्रा । योग– ब्रम्ह,१९ बजेर ३३ मिनेट उप्रान्त ऐन्द्र । करण– गर,१४ बजेर २५ मिनेट उप्रान्त वणिज, २६ बजेर ९ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा मृत्यू योग । चन्द्रराशि–मिथुन । काठमाडौंमा सूर्योदय ६ बजेर ५७ मिनेटमा, सूर्यास्त १७ बजेर २३ मिनेटमा । दिनमान २६ घडी ४ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : दाजुभाई, आफन्त तथा छिमेकीसँगको सम्बन्धमा चिसोपनाको विकास हुनेछ । यात्रा गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । लेखन तथा साहित्यमा बाँकी रहेको काम थाति रहनेछ । व्यापारमा लगानीको अभावले आम्दानीमा कमि हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय मध्यम रहेको छ । आँट गर्न नसक्दा हातमा आइसकेको काम फुत्किनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) : प्रयन्न गर्दा आम्दानीका स्रोतहरु बढाउँन सकिनेछ । बोलिको प्रभाव घट्न सक्छ ध्यान दिनुहोला । परिवारका साथ बसेर मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर आएपनि स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । कार्यक्षेत्रमा राम्रा काम गरी सम्मानित हुने योग रहेको छ । पढाइ लेखाइमा अलि बढि ध्यान दिँदा उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । प्रेममा नजिक हुन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) : पुराना कमि कमजोरि सुधार्दै नयाँ काममा हात हाल्न सकिनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर आउनेछ । माया प्रेममा रमाईलो गर्दै समय व्यतित हुनेछ । घर परिवार तथा आफन्तको सद्भाव तथा सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । राजनीतिज्ञको लागि समय राम्रो रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) : लगानी गर्दा ध्यान दिनुहोला प्रतिफल पाउँन निकै समय खट्नु पर्नेछ । व्यापारमा लगानी गर्नको लागि केहि समय पर्खनु नै राम्रो रहेको छ भने विदेशी लगानीबाट सञ्चालित संस्थाबाट भने मनग्ये मुनाफा कमाउन सकिनेछ । विदेश यात्राको गतिलो योग रहेको छ भने विदेशमा बसेर पेशा व्यवसाय गर्नेहरुका लागि समय फलदायी रहनेछ । पढाइ लेखाइमा अलि बढी मेहनेतको खाँचो पर्ने देखिन्छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : सानो लगानीबाट मनग्ये धन आर्जन गर्न सकिनेछ भने व्यापार व्यवसाय फस्टाएर जानेछ । मन परेको वस्तु प्रयोग गर्न पाइनले मन प्रशन्न हुनेछ । बुवा तथा अग्रजहरुको धन तथा सम्पत्तिको प्रयोग गरी आय आर्जन बढाउन सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने प्रेमको डोरी कसिलो भएर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : आफन्त तथा बुवा सरहका मानिससँग मनमुटाव सिर्जना हुनेछ । व्यापार व्यवसायबाट न्यून आम्दानी हुनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न नसकिने हुँदा ईज्जत प्रतिष्ठामा कमिको महसुस हुनेछ । सरकारी काममा सेवा प्रवाह गर्नेहररुको ढिलासुस्तिले समयमा काम बन्ने छैन । अध्ययन तथा अध्यापनमा समय बढी नै लगानी गर्नुपर्ने देखिन्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : खोज तथा अनुसन्धानको सिलसिलामा लामो दूरीको यात्रा हुने योग रहेको छ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । भाग्यले साथ दिने हुनाले सानो लगानीबाट मनग्ये धन आर्जन गर्न सकिनेछ । आफन्त तथा दाजुभाईको सहयोग पाइने हुनाले मन प्रशन्न हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय फलदायी रहनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) : गोपनियता तथा गोप्य कुराहरु बाहिरिनाले समस्या पर्न सक्छ ध्यान दिनुहोला । कामका बाधा अवरोधको सामना गर्दै अगाडी बढ्नु पर्ने बाध्यता आउनेछ । समय अनुसार नचल्नाले अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदिबहिनीसँग मनमुटाव बढ्ने योग रहेको छ । स्वास्थ्यमा समस्या आउँनाले दैनिक कामहरु प्रभावित हुनेछन् । प्रेममा अविश्वास बढ्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : व्यापारमा उच्च प्रतिफल हात पार्न सकिनेछ भने व्यापारकै सिलसिलामा रमाइलो यात्रा गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने जीवनसाथीको सहयोग पाइनाले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा नतिजा आफैतिर ल्याउँन सकिनेछ । अतिथिको रुममा सम्मान पाइनुका साथै रमाइलो घुमघामको समेत अवसर आउनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : विवाद तथा प्रतिस्पर्धामा भाग नलिनुहोला समय मध्यम रहेको छ । न्यायिक निर्णयहरु तपाईको पक्षमा आउनेछैन । मामा तथा आफन्तसँग मनमुटाव सिर्जना नहोला भन्न सकिन्न । व्यापारमा आजको दिन लगानी नबढाउनुहोला ऋण लाग्ने समय रहेको छ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ । प्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) : अध्ययनमा भनेजस्तो नतिजा ल्याउँन सकिनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धित पेशा व्यवसायबाट मनग्ये धन आर्जन गर्न सकिनेछ । तपाईले गरेको पेशा व्यवसायमा सन्तान तथा छोराछोरीको पनि सहयोग प्राप्त हुनोल आम्दानी बढ्नेछ । प्रेममा रमाउन चाहनेहरुका लागि आजको दिन उत्तम रहेको छ । बौद्धिक कार्यक्रममा सहभागी भई आफ्नो प्रस्तुत गर्ने अवसर प्राप्त हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : राजनीति तथा समाजसेवामा समय लगानी गर्दै हुनुहुन्छ भने जनताको काम गर्न नसक्दा आलोचना सुन्नुपर्नेछ । अन्य व्यापार व्यवसायमा मन्दि आएपनि घरजग्गा तथा सवारी साधनको कारोबारबाट मनग्ये धन आर्जन गर्न सकिनेछ । आमाको स्वास्थ्यमा समस्या आइ औषधि उपचार खर्च बढ्नेछ । प्रेममा आजको दिन नजिक नहुँदानै राम्रो हुनेछ ।

तपाईको दिन शुभ रहोस् ।
ज्यो दुर्गा भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?