काठमाडौं, ८ माघ । चार विलक्षण प्रतिभाशाली युवतीहरुको चयन गरीे मीस वल्र्ड, मीस युनिभर्स, मीस अर्थ र मीस ईन्टरनेशनल जस्ता गरिमामय अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा भाग लिन नेपाल कै अति महत्वपूर्ण प्रतिक्षारत मीस नेपाल २०१८ सहर्ष घोषणा उत्साहपूर्वक गर्दछ द हिडेन ट्रेजर मीस नेपाल २०१८ का अग्रणी प्रायोजक रुसलान एफ एम ९५.२, सशक्तपूर्व सह–प्रायोजक कलर्स मोबाइल तथा शैलीयुक्त सहप्रायोजक लिभोनद्वारा विधिपूर्वक प्रायोजन गर्ने छन् । यस वर्ष, नवद्वय सह–प्रायोजक कलर्स मोबाइल र लिभोन प्रतिष्ठित संस्थाहरुको सहयोग प्राप्त भयो । साथै, अग्रणी प्रायोजक तथा नवद्वय सह–प्रायोजकहरुको सक्रिय सहभागिताले सहभागीहरु प्रगतिशील चेतनाबाट डोरिएर पूर्ण रुपले आफ्नो शुरुको शुभयात्राद्वारा विख्यात कीर्ति ( Celebrities) र कार्य अनुकरणीय शैली ( Role Model ) समाजमा स्थापित गरी लोभलाग्दो चार शीर्ष उपाधिहरु हासिल गर्नुका साथै अन्तर्राष्ट्रिय ताज तथा अन्य पुरस्कारहरु देश भित्र्याउन माथि उल्लेखित संस्थाहरुको प्रशंसनीय भूमिका रहेको छ अधिराज्यको सतप्रतिशत स्वच्छ संगीतमय एफ एम सिधै दिनहँु अठार घण्टा संगीत मात्र प्रसारण गर्ने रुसलान एफ एम ९५.२ ले दोश्रो पटक पनि अग्रणी प्रायोजकको जिम्मेवारी निर्वाह गर्दैछन् । यस एफएमको सर्वसाधारण समक्ष सहज पहुँच तथा युवाहरु बीच अति लोकप्रिय हुनु खास विशेषता नै हो नेपालमा प्रचुर मात्रामा मोबाइल बिक्री वितरण गर्न समर्थ कलर्स मोबाइल पहिलो पटक मीस नेपाल– २०१८ मा सशक्तिकरण सहित नव सह–प्रायोजकको रुपमा प्रवेश गरेका छन् । सञ्चार आवश्यकता भन्दा बढी साधन केही छ भने आज मोबाइल नै हो । यो एक कथन हो । सो कथन अनुसार जान हरेक संभावनाहरुको गहन कल्पना गर्न कलर्स मोबाइल प्रेरित सबैलाई गर्दछ । सञ्चार विधि, डिजीटल पहिचान, कार्यालय कुशलताका विशेष अवसरहरुमा सबमा कलर्स मोबाइलको भूमिका अलौकिक र श्रेष्ठ छ र रहन्छ हल्का सुगन्धित तथा भिटामीन ई द्वारा परिपूर्ण लिभोन स्नान पश्चात कपालको सुन्र्दरताको लागि प्रयोग गरिन्छ । सव्रिmय र मिलनसार लिभोन युवती आफ्नो जुनसुकै गतिशील यात्रामा हर्ष र आनन्द बटुल्न प्रोत्साहित हुनुका साथै अविस्मरणीय सम्झनाहरु संगाल्न र श्रृजनशील रचनाहरु रच्न प्रेरित हुन्छन् । नव सहयोगी लिभोनको सुखद प्रवेशले सुन्र्दरताको आयाममा थप अनुभुति प्रदान गर्न सघाउँछ साथै फेसन र श्रृंगार उत्सर्गित हुन समेत सघाउँछ रुसलान एफ एम ९५.२ को प्रायोजित, कलर्स मोबाइलको सशक्तिकरण र लिभोनको शैलीयुक्त व्यवस्थित आधारमा यस वर्षको द हिडेन ट्रेजर मीस नेपाल २०१८ को लागि अधिराज्यका ८ प्रमुख शहरहरु बीरगञ्ज, विर्तामोड (नयाँ शहर), धनगडी, धरान, चितवन, पोखरा, बुटवल र नेपालगञ्जमा (फेब्रुवरी ४–१०) सहभागीहरु चयन गर्न भ्रमण गर्नुका साथै १७ फेब्रुवरी २०१८ काठमाण्डौमा अन्तिम चरणका उम्मेदवारहरु चयन गरिने छ । तत्पश्चात चयन भएका २०–२५ जना उम्मेदवारहरुलाई आथित्य सत्कार सहभागी होटल अन्नपरुर्णमा ११ अप्रिल २०१८ मा सम्पन्न हुने अन्तिम प्रतियोगिता अगावै ७ हप्तासम्म वरिष्ठ प्रशिक्षकहरुद्वारा प्रदान गरिने उपलब्धीमूलक प्रशिक्षण कार्यक्रम रहेको छ । द हिडेन ट्रेजरद्वारा प्रतिपादित प्रतिभाशाली र कठिन प्रशिक्षणको तौर तरिका मार्फत सहभागीहरुले आफ्नो जीवनमा अलौकिक अनुभव, कीर्तिमय मर्यादा र यश ख्याति कमाउन सफल हुने विश्वास लिन सकिन्छ उम्मेदवारहरुको उमेर १० वर्ष देखि २५ वर्ष हुनुपर्ने, २५ वर्ष, ३१ डीसेम्वर २०१८, उचाई ५ फिट ४ इन्च हुनुपर्ने वा सो भन्दा बढी, एकमात्र (एकल विवाह नगरेको, विहे बचनवद्ध नभएको, नेपाली नागरिकता र पासपोर्ट हुनै पर्ने ।) माथि उल्लेखित सर्तहरु पुरा हुने गरी NRN द्वारा आवेदन दर्ता गर्न सकिने छ । आवेदन अन्तिम मिति १५ फेब्रुवरी २०१८ भित्र दर्ता गरिसक्नु पर्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया