काठमाडौं – इस्लामिक रिभोलुसनरी गाडए क्रप्सका प्रमुख कासिमी सुलेमानी अमेरिकी ड्रोन आक्रमणमा मारिएपछि खाडी क्षेत्रमा देखिएको परिस्थितिलाई नियाल्दै नेपाली सेनाले शान्ति स्थापनार्थ यूएन मिशनहरुमा तैनाथ आफ्ना युनिटहरुलाई आवश्यक सुरक्षा सतर्कता अवलम्वन गर्न निर्देशन दिएको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयले बुधबार एक विज्ञप्तिमार्फत उक्त स्थानमा तैनाथ नेपाली शान्ति सैनिकहरु सकुशल रहेको पनि जानकारी गराएको छ ।
इराकमा रहेका गार्ड युनिट, लेवनन र सिरियामा रहेका शान्ति सेना सकुशल रहेको र उनीहरूलाई थप सतर्क रहन सेनाले बुधबार सर्कुलर गरेको छ। अमेरिकाको प्रतिकार गर्दै इरानले इराकमा तैनाथ अमेरिकी सेनाका विभिन्न वेशमा मिसाइल आक्रमणपछि नेपाली सेना पनि झस्केको हो।
आफ्ना जवान तथा अधिकृत त्यहाँ रहेको भन्दै उनीहरू अहिले सकुसर रहेको र त्यहाँको परिस्थितिलाई नियाली रहेको समेत जानकारी दिइएको छ। शान्तिका लागि इराकमा रहेका नेपाली सेनाका किर्कुक र अर्विलस्थित राष्ट्रसंघीय बेसमा तैनाथ नेपाल गार्ड युनिटका शान्ति सैनिकलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन जंगी अड्डाले निर्देशन दिएको हो।
विशेष सुरक्षा सतर्कता अबलम्वन गर्न, परिस्थितिको निरन्तर अनुगमन गर्न तथा मिशन हेडक्वार्टर र शान्ति सेना सञ्चालन निर्देशनालयसँग निरन्तर सम्पर्कमा रहन पत्रमा भनिएको छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया