एजेन्सी । जित हात पार्दै रियल मड्रिड स्पेनिस सुपर कपको फाईनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको खेलमा भ्यालेन्सियालाई ३-१ गोल अन्तरले हराउँदै रियल सुपर कपको फाईनलमा प्रवेश गरेको हो । रियलको जितमा क्रुस, ईस्को र लुका मोड्रिचले गोल गरेका थिए । भ्यालेन्सियाका लागि ड्यानी पारिजोले पेनाल्टीमा एक गोल फर्काएका थिए ।
खेलको १५ औ मिनेटमा रियलका टोनी क्रुसले गोलगर्दै अग्रता दिलाएका थिए । खेलको ३९ औ मिनेटमा ईस्कोले गोल गर्दै अग्रता दोब्बर बनाए थिए ।
खेलको ६५ औं मिनेटमा लुका मोड्रिचले रियलका लागि तेस्रो गोल गरेका थिए । खेलको अन्तिम मिनेटमा भ्यालेन्सियाका पारिजोले पेनाल्टीमा गोल गरेका थिए ।
दोस्रो सेमिफाईनलमा बिहिबार बार्सिलोनाले एट्लेटिको मड्रिडसंग प्रतिस्पर्धा गर्नेछ । विजेता टोलीसंग रियलले आईतबार उपाधिका लागि खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया