ईकार्डीको ह्याट्रिकसँगै पीएसजी फ्रेन्च कपको सेमिफाईनलमा

एजेन्सी । मौरो ईकार्डीको ह्याट्रिकमा पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग कपको सेमिफाईनलमा प्रवेश गरेको छ ।

बुधबार रातिभएको खेलमा पीएसजीले ६-१ गोल अन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो । खेलको दोस्रो मिनेटमै ईकार्डीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । वेस्ले फोफाना ३१ औं मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि सेन्ट एटिन १० खेलाडीमा सिमित बनेको थियो ।

३९ औं मिनेटमा नेयमारले पीएसजीको अग्रता दोब्बर बनाए । जेसी मौलिनले ४४ औं मिनेटमा आत्मघाति गोल गरेपछि पीएसजी ३-० ले अघि बढेको थियो ।

ईकार्डीले ४९ औं मिनेटमा पीएसजीका लागि ब्यक्तिगत दोस्रो गोल गरे । खेलको ५७ औ मिनेटमा गोल गर्दै उनले ह्याट्रिक पुरा गरे ।
एम्बाप्पेले खेलको ६७ औ मिनेटमा पीएसजीलाई ६-० ले अघि बढाए ।

खेलको ७१ औं मिनेटमा सेन्ट एटिनीका योहान काबायीले गोल गरे । पीएसजीको जितसँगै फ्रेन्च कपमा सेमिफाईनलमा प्रवेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?