एजेन्सी । काराबाओ कप फुटबलको सेमिफाइनलको पहिलो लेगमा लेष्टर सिटी बराबरीमा रोकिएको छ ।
बुधबार राति भएको पहिलो लेगमा लेष्टरले एस्टन भिल्लासँग १-१ गोलको बराबरी खेलेको हो । एस्टनलाई अग्रता दिलाउन खेलको २८ औं मिनेटमा फ्रेडरिच गुइल्बेर्टले गोल गरे ।
खेलको ७४ औं मिनेटमा केलिची इहेनाचोले गोल गर्दै लेष्टरलाई खेलमा फर्काए । फाइनल पुग्न दुवै टोलीले दोस्रो लेगको खेल कुर्नु पर्नेछ ।
दुई टोलीबीचको दोस्रो लेग जनवरी २८ मा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया