एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पुएर्टो रिकोमा संकटकालको घोषणा गरेका छन् ।
अमेरिकी टापु यस क्षेत्रमा बुधबार शक्तिशाली भूकम्प आएकाले राष्ट्रपति ट्रम्पले संकटकाल घोषणा गरिएको आदेश दिएका हुन् । उनले भूकम्प प्रभावितका लागि आवश्यक सम्पूर्ण सहयोग तथा उद्धारका कार्य गर्ने निर्देशन समेत आदेशमा उल्लेख गरेका छन् ।
राष्ट्रपति कार्यालयका अनुसार भूकम्प प्रभावितस्थलमा सवै प्रकारका राहत, उद्धार तथा व्यवस्थापनलगायतका कार्य गर्ने संयोजनकारी भूमिका निर्वाह गर्ने अधिकार वासस्थान सुरक्षा तथा संघीय आपत व्यवस्थापन निकायलाई दिइएको छ ।
गत मङ्गलबार त्यस क्षेत्रमा ६.४ म्याग्नीच्युडको भूकम्प आएको एक दिनपछि राष्ट्रपति ट्रम्पले यस्तो आदेश जारी गरेका हुन् । अधिकारीहरुले दिएको पछिल्लो विवरण अनुसार भूकम्पका कारण अहिलेसम्म एक जनाको मृत्यु भएको छ भने अरु नौ जना घाइते भएका छन् ।
भूकम्पका कारण त्यस क्षेत्रका कैयौ भवनहरु क्षतिग्रस्त भएका थिए भने, विद्युत सेवा समेत अवरुद्ध भएको थियो ।
पछिल्ला केही हप्तामा त्यस क्षेत्रमा हजारौ कम्पन अधिकांश आमनागरिकले महसूस गर्न समेत नसकेको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । अहिले ठूलो भूकम्प गएको पुएर्टो रिकोमा ३४ लाख जनसंख्या रहेको छ भने सो स्थान मियामि, फ्लोरिडादेखि १६ सय किलोमिटर टाढा पर्ने अधिकारीहरुले जनाएका छन् ।
यो पनि पढ्नुहोस् :
यी हुन् डोनाल्ड ट्रम्प सम्बोधनका मुख्य बुँदा
अमेरिका इरानसँग युद्ध चाहन्छ : इरानी विदेशमन्त्री
ट्रम्पले अमेरिकालाई इरानसँग युद्धको नजिक ल्याएको पूर्व उपराष्ट्रपति जो बाइडेनको आरोप
चुलियो अमेरिका इरान विवाद, ट्रम्पको ट्वीटपछि इरानको यस्तो चेतावनी !
विदेशमन्त्रीले भने, सुलेमानीलाई मारेर अमेरिकाले ठिक गर्यो
अमेरिकी सैन्य शिविरमा गोलाबारी पछि बोल्यो इरान, अबको टार्गेट इजरायल र दुबई
इरान र अमेरिकाको हानाहानले बढ्यो तेलको मूल्य
इरानको मिसाइल आक्रमणपछि ट्रम्पले लेखे तर्साउने गरी ट्वीट !
इराक, इरान र पर्सियाली आकाशमा अमेरिकी हवाई उडान रोक्न निर्देशन
मिसाइल आक्रमणमा ८० अमेरिकी सैनिक मारिएको इरानको दाबी
अमेरिकालाई उत्तर दियो इरानले, अमेरिकी दुई हवाई सैन्य आधार शिविरमा दर्जनौं ब्यालेस्टिक प्रहार
कासिम सुलेमानीको शवयात्रामा भएको भागदौडमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया