काठमाडौं । भारतको नयाँ दिल्लीस्थित एक अदालतले निर्भया बलात्कारका चार आरोपीलाई मृत्युदण्डको सजाय सुनाएको छ।
निर्भयाका अपराधीलाई मृत्युदण्ड दिन अदालतले फैसला सुनाएसँगै भारतीय जनता खुसी छन् । यो खबरले सबैभन्दा खुसी छिन् निर्भयाकी आमा आशादेवी । आशादेवीले आफ्नी छोरीका अपराधीलाई फाँसीमा झुण्डिएको हेर्ने इच्छा भएको बताएकी छिन् ।
भारतीय मिडियासँगको कुराकानीमा उनले भनेकी छिन्, ‘मेरो एउटा मनको इच्छा छ । सायद यो कानूनी रुपमा सम्भव हुन सक्दैन तर म एकपटक पक्कै पनि प्रयास गर्नेछु । म आफ्नी छोरीका अपराधीलाई आफ्नो आँखा अगाडी झुण्डिएको हेर्न चाहन्छु । यसका लागि जेल प्रशासन र अदालतसमक्ष निवेदन दिनेछु ।’ एजेन्सी
यो पनि
भारतमा चार बलात्कारीलाई मृत्युदण्डको फैसला
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया