काठमाडौँ, ८ माघ – शेयर (धितोपत्र) कारोवार गर्दा आगामी दिनमा व्यवसायीले आफ्ना व्यक्तिगत विवरण (केवाइसी) राख्नुपर्ने भएको छ नेपाल धितोपत्र बोर्डले सबै दलाल व्यवसायीलाई आज परिपत्र जारी गरी धितोपत्रको कारोवार प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन केवाइसी राख्न भनेको हो । सम्पत्ति शुद्धीकरणको कानुनी व्यवस्थालाई प्रभावकारी बनाउने क्रममा धितोपत्र कारोवार गर्दा दलाल व्यवसायीले राख्नुपर्ने केवाइसीलाई सक्षम बनाउनुपरेको परिपत्रमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया