फेसबुकका मालिकसँगको गोप्य कुरा अमेरिकी राष्ट्रपतिले खुलाए, के भनेका थिए जुकरबर्गले ?

काठमाडौं – गत नोभेम्बरमा आफू र फेसबुकका मालिक मार्क जुकरबर्ग बिच भएको भेटवार्ताको कुराकानी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भर्खरैमात्र सार्वजनिक गरेका छन् । गत नोभेम्बरमा डिनरसहितको त्यो भेटवार्तामा उनीहरुबिच के कुरा भएको थियो भन्ने निकै चासोको विषय भएतापनि यसअघि ट्रम्प र जुकरबर्ग दुवैले यो कुरा सार्वजनिक गरेका थिएनन् । उनीहरुले सँगै डिनर गरेको खबर सार्वजनिक भए पनि भेटवार्ताको उद्देश्य के थियो र कुराकानी के थियो भन्ने कुरा उनीहरुबीच नै सिमित थियो ।

तर ट्रम्पले जुकरबर्गसँगको भेटवार्तामा भएको कुराकानीबारे बल्ल मुख खोलेका छन् । जुकरबर्गले भेटवार्ताका क्रममा ‘तपाईं नम्बर वान’ भन्दै आफूलाई बधाई दिएको ट्रम्पले बताएका छन् ।

जुकरबर्गले ट्रम्पलाई विश्वको सबैभन्दा शक्तिशाली मुलुकको नम्बर वान व्यक्ति ट्रम्प भन्दै बधाई दिनु कुनै नौलो कुरा थिएन तर जुकरबर्गले ट्रम्प फरक कुराले नम्बर वान भनेका रहेछन् ।

एउटा रेडियो अन्तर्वार्तामा बोल्दै ट्रम्पले भने, ‘तपाईं फेसबुकमा नम्बर वान हुनुभएकोमा बधाई दिन चाहन्छु भनेर जुकरबर्गले मलाई बधाई दिए ।’

जुकरबर्गले ट्रम्पलाई फेसबुकमा नम्बर वान के आधारमा भने भन्ने कुरा प्रष्ट छैन किनभने ट्रम्पको आधिकारिक फेसबुक पेजमा २ करोड ६७ लाख फलोअर्स छन् भने २ करोड ५२ लाखले लाइक गरेका छन् ।

Donald trump facebook page

जबकी  फेसबुकमा नम्बर वान नै हेर्ने हो भने फुटबल स्टार क्रिस्टियानो रोनाल्डोको फेसबुक पेजमा १२ करोड ३० लाख फलोअर्स छन् भने १२ करोड २२ लाखले लाइक गरेका छन् ।

Ronaldo facebook page

यहि तथ्याङ्कलाइआधार मान्ने हो भने फेसबुकमा सर्वाधिक लोकप्रियताको सूचीमा रोनाल्डो पर्छन् ।

एजेन्सीको सहयोगमा

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?