पहिलो हाफ सकिदा संकटालाई दुई गोलको अग्रता

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा अहिले विभागीय क्लब एपीएफ र संकटा क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा संकटाले २-० को अग्रता बनाएको छ । पहिलो हाफमा संकटाका लागि लक्ष्मण रुचाल र कर्ण लिम्बुले समान एक एक गोल गरे ।

खेलको १९ औं मिनेटमा लक्ष्मणले फ्रिकिकमा गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए ।

यस्तै, खेलको ४४ औं मिनेटमा कर्णले गोल गर्दै संकटालाई २-० को अग्रता दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?