ए डिभिजन लिग : एपीएफमाथि संकटाको सहज जित

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा संकटा क्लबले सहज जित हात पारेको छ ।

बिहिबार भएको खेलमा संकटाले एपीएफ क्लबलाई ४-२ गोल अन्तरले पराजित गर्दै लिगमा दोस्रो जित हात पारेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा संकटालाई जित दिलाउन अजयी मार्टिनले दुई गोल गरे । लक्ष्मण रुचाल र कर्ण लिम्बुले समान एक एक गोल गरे ।

एपीएफका नबिन लामा र आशिष लामा लामाले एक एक गोल फर्काए । जितसँगै संकटा ७ अंक जोड्दै लिगको सातौं स्थानमा उक्लिएको छ ।

एपीएफले ४ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?