एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोणको फिल्म छपाकको रिलिज रोक्न अदालतमा माग गरिएकोे छ । एसिड पीडित सर्वाइवर लक्ष्मी अग्रवालकी वकिल अर्पणा भट्टले फिल्मको रिलिज रोक्न माग गरेकी हुन् ।
उनले एसिड पीडित अग्रवालको केश वर्षौसम्म आफुले लडेको र फिल्ममा कुनै क्रेडिट नदिएको बताएकी छिन् । अर्पणाका अनुसार उनले फिल्म छपाकमा धेरै सहयोग गरेको भए पनि कुनै ठाउँमा क्रेडिट नदिएको बताएकी छिन् ।
यो भन्दा पहिले पनि आरोपीको नाममा फिल्म विवाद भएको थियो । आरोपी नदिमको नाम फिल्ममा राजेश राखेर बनाइएको छ । यहि कुराले गर्दा पादुकोण तथा मेकर्सको बिरोध भएको थियो ।
चलचित्र छपाक एसीड पीडित लक्ष्मी अग्रवालको जीवनीमा आधारित भएर बनाइएको चलचित्र हो । फिल्ममा दीपिका पादुकोण,विक्रान्त मैसी र अंकित विष्ट रहेका छन् भने यो फिल्म मेघना गुलजारले निर्देशन गरेका हुन् ।
यो फिल्म १० जनवरी रिलिज हुने तरखरमा थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया