कुकुरले चाट्दा गयो मालिकको ज्यान !

एजेन्सी । कुकुर अहिले धेरैजसोको घरमा सौखका लागि पाल्ने गरिन्छ । डुलाउन लिएर जाने, जिस्किने, उनीहरुको स्याहारमा अत्याधिक चासो राख्ने गरिन्छ ।

तर कुकुरकै कारण मालिक मरेको खबर सायदैले सुन्नु भएको होला । यो घटना जर्मनीको हो । घरमा पालेको कुकुरले एक दिन आफ्नो मालिकलाई हातदेखि गोडासम्म चाटेको थियो ।

तर यसकै कारणले कुकुर मालिकको मृत्यु भएको छ । डाक्टरका अनुसार कुकुरले मालिकका हात खुट्टा चाटेपछि उनलाई इन्फेक्सन भएको थियो ।

६३ वर्षका कुकुर मालिक कुकुरले उनको अंग चाट्नुपूर्व एकदमै स्वस्थ थिए । तर कुकुरले उनलाई चाटेपछि निमोनिया, गेन्ग्रीन भयो । साथै अन्य रोगहरु पनि हुन थाल्यो ।

कुकुरले चाटेको १६ दिनपछि उक्त व्यक्तिको मृत्यु भएको थियो । डाक्टरका अनुसार उनलाई कुकुरले चाटेपछि केनिमोरस नामक ब्याक्टेरीयाको संक्रमण देखिएको थियो ।

केनिमोरस कुकुर वा अन्य जनावरले टोकेपछि लाग्ने रोग हो । यो ब्याक्टेरीया जनावरले धेरैपटक टोकेपछि शरिरमा फैलिने गर्छ । नेदरल्याण्डमा भएको एक अध्ययनमा यस्तो घटना १ करोड ५ लाख मानिसमध्ये एकमा हुने गर्छ ।

डाक्टरका अनुसार यो रोग रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरुलाई हुने गर्छ । तरउक्त व्यक्तिमाथि भएको दुर्घटनाले डाक्टरहरु नै चकित बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?