काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा जितसँगै त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा उक्लिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा सरस्वती युथ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै आर्मी लिगको शीर्ष स्थानमा पुगेको हो ।
जर्ज प्रिन्स कार्कीको गोलमा आर्मीले जित हात पारेको हो । खेलको ३० औं मिनेटमा जर्ज प्रिन्सले गोल गरेका थिए ।
जितसँगै आर्मी १२ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थानमा रहेको मनाङको ११ अंक रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया