काठमाडौं । इरानमा भएको युक्रनी वायुसेवाको विमान दुर्घटना नभएर इरानी फौजले खसालेको संकेत मिलेको बताइएको छ ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले इरानी मिसाइलका कारण सो दुर्घटना भएको बताएका छन् ।
उनले भुलवश इरानले त्यो विमानमा क्षेप्यास्त्र प्रहार गरेको हुन सक्ने बताए ।
विभिन्न गुप्तचरी स्रोतहरूबाट यस्तो संकेत मिलेको उल्लेख गर्दै उनले यसबारे छानबिन गर्न माग गरेका छन् ।
इरानमा गत बुधवार बिहान १७६ जना सवार युक्रेनको बोइङ–७३७ विमान दुर्घटनामा पर्दा त्यसमा सवार सबै जनाको ज्यान गएको थियो।
यो पनि पढ्नुहोस्
इरानमा १ सय ८० यात्रु बोकेको विमान खस्यो
इरान विमान दुर्घटना अपडेट स् सवार सबैको मृत्यु
१ सय ८० जना बोकेको विमान दुर्घटना : आकाशबाट बल्दै खसेको भिडियो फेला (भिडियोसहित)
इरान विमान दुर्घटना अपडेटस् ज्यान गुमाउनेको पहिचान खुल्यो, कुन देशका कति ?
यी हुन् अहिलेसम्मकै १० डरलाग्दा विमान दुर्घटना
दुर्घटनाग्रस्त अमेरिकी विमानको ‘ब्लाक बक्स’ इरानले नदिने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया