बार्सिलोनालाई पाखा लगाउदै एट्लेटिको मड्रिड स्पेनिस सुपरकपको फाईनलमा

एजेन्सी । बार्सिलोनालाई पाखा लगाउदै एट्लेटिको मड्रिड स्पेनिस सुपरकपको फाईनलमा प्रवेश गरेको छ । बिहिबार राति भएको सेमिफाईनलमा एट्लेटिको मड्रिडले बार्सिलोनालाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

खेलको अन्तिम मिनेटमा एन्जिल कोरियाले गोल गर्दै एट्लेटिकोलाई जित दिलाए । खेलको ४६ औं मिनेटमा कोकी क्लिनिकले गोल गर्दै एट्लेटिकोलाई सुरुवाती अग्रता दिलाएका थिए ।

लियोनल मेस्सीले ५१ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई बराबरीमा ल्याए । एन्टोनी ग्रिजम्यानले खेलको ६२ औं बार्सालाई अग्रता दिलाएका थिए । एट्लेटिकोका अल्भरो मोराटाले ८१ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै खेललाई २-२ बराबरीमा ल्याएका थिए । खेल सकिन ४ मिनेट बाँकी छँदा कोरियाले गोल गर्दै बार्सिलोनालाई फाईनल प्रवेश गर्नबाट रोकेको थियो ।

एट्लेटिकोले अब फाईनलमा रियल मड्रिडसंग प्रतिस्पर्धा गर्नेछ । रियलले बुधबार भ्यालेन्सियालाई हराउँदै प्रतियोगिताको फाईनल प्रवेश गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?