राजकुमार ह्यारी र मेघनको निर्णयले दरबारलाई आहत : म्युजियमले हटायो तस्वीर

काठमाडौं – राजकुमार ह्यारी र मेघनको निर्णयले दरबारलाई निकै ठूलो आहत परेको छ । म्याडम टुसाउड्स वेक्स वर्क म्युजियमले बेलायतका राजकुमार ह्यारी र उनकी पत्नी मेघनको रोयल फेमिली डिस्प्लेमा राखिएको तस्बिर हटाएसँगै राजपरिवार सदस्यमा कति ठूलो आहत परेको रहेछ भन्ने कुरा प्रष्ट भएको छ ।

समाचार संस्था रोयटर्सले जनाएअनुसार ह्यारी दम्पतीले बुधबार आफूहरु बरिष्ठ राजपरिवार सदस्यमा नरहने घोषणा गरेका थिए । त्यसैको जवाफमा म्युजियमले उनीहरुको तस्बिर हटाएको हुन सक्ने बताइएको छ । म्याडम टुसाउड्स म्युजियममा २५० भन्दा बढी सेलिब्रेटीका मैनका तस्बिर छन् । त्यसमा बेलायतकी महारानी एलिजाबेथ, राजकुमार फिलिप, राजकुमार चाल्र्स, राजकुमार विलियम र उनकी पत्नी कातेको तस्बिर भने छुट्टै राखिएको छ । 

राजकुमार ह्यारी र उनकी पत्नी मेघन मार्केलको शाही सदस्य नरहने फैसलाबाट बेलायती शाही परिवारमा ‘आहत’ पुगेको त्यहाँका सञ्चारमाध्यमले अनुमान गरेका छन् । उनीहरुले शाही परिवारको अग्रज सदस्यसँग सल्लाह नै नमागी यस्तो निर्णय लिएको बुझिएको छ । ह्यारी र मेगनले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरु आइन्दा राजपरिवारको सदस्य नरहेको भन्दै अब स्वतन्त्र जीवन बाँच्ने घोषणा गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?