‘पर्खी बसें २’ नीकिता पौडेल र विनोद सापकोटाको निर्माणमा बन्ने

काठमाडौं । गोपीकृष्ण मुभिजले हिमालयन मुभी स्टुडियोसँगको सहकार्यमा ‘पर्खी बसें २’ निर्माण गर्ने भएको छ । चलचित्र ‘पर्खी बसें’ को नयाँ सिरिज दर्शक माँझ आउन लागेको हो ।

गोपीकृष्ण मुभिजकी नीकिता पौडेल र हिमालयन मुभी स्टुडियोका विनोद सापकोटाबीच बिहीवार चलचित्र निर्माण गर्ने सहमति भएको हो ।

चलचित्रमा नीकिता र विनोद दुबै जना निर्माता रहनेछन् । साथै प्रदीप दाहाल र तीर्थप्रसाद पौडेलले चलचित्रमा सह निर्माताको रुपमा काम गर्ने बताइएको छ ।

२०६४ को चैत अन्तिममा प्रदर्शनमा आएको चलचित्र ‘पर्खी बसें’ लाई दीपक श्रेष्ठले निर्देशन गरेका थिए भने यसको दोस्रो सिरिजलाई ‘लभ डायरिज’ निर्देशक सौरभ चौधरीले निर्देशन गर्ने भएका छन् । चलचित्र निर्देशक चौधरीकै कथामा बन्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?