राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण आजबाट, कस्तो छ खेल तालिका ?

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) विश्वकप क्रिकेट लिग टु अन्तर्गत अमेरिका र ओमानसँगको सिरिजका लागि नेपालले आजबाट बन्द प्रशिक्षण सुरू हुँदैछ ।

नेपाली टिमको बन्द प्रशिक्षण पोखरा क्रिकेट मैदानमा हुनेछ । सुरुवाती केहि दिनको प्रशिक्षण भने काठमाडौंमा हुनेछ । मौषम सुधार भएपछि नेपाली टिम प्रशिक्षण पोखरा जानेछ ।

बन्द प्रशिक्षणको लागि सुरुवातमा २२ देखि २५ खेलाडी बोलाइएको छ । विश्वकप लिग टु अन्तर्गत नेपालले माघ २२ देखि २९ गतेसम्म टियु क्रिकेट मैदानमा अमेरिका र ओमानसँग सिरिज खेल्ने छ ।

नेपालले अमेरिका र ओमानसँग खेल्लिने खेल तालिका :

माघ २२ : नेपालविरुद्ध ओमान

माघ २३ : ओमानविरुद्ध अमेरिका

माघ २५ : नेपालविरुद्ध अमेरिका

माघ २६ : नेपालविरुद्ध ओमान

माघ २८ : अमेरिकाविरुद्ध ओमान

माघ २९ : नेपालविरुद्ध अमेरिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?